शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आइतबारबाट पोखरामा हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लू वृद्धि

दिपल, सेरेस र नामी खरिदमा अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र बेजोड ‘एक्सचेन्ज बोनस

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ११ २०८१
आइतबारबाट पोखरामा हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लू वृद्धि

एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो शोमा ल्याएको विशेष अफर उपयोग गर्न सक्ने छन्।

पोखरा- नेपालका लागि दिपल, सेरेस र नामी विद्युतीय सवारीसाधनका ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ। 

एमएडब्लू वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी-०६ मा असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो। 

यो विशेष कार्यक्रममा विद्युतीय सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लू वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको विद्युतीय कार खरिद गर्न सकिने कम्पनीले जनाएको छ। 

एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो शोमा ल्याएको विशेष अफर उपयोग गर्न सक्ने छन्।

जसअन्तर्गत दिपल एस ०७ बजेटअघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने छन्। साथै नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी ईभीमा ७ किलोवाटको चार्जरसमेत पाइने व्यवस्था कम्पनीले गरेको छ।  

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन्। यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन्। 

दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउने एमएडब्लू वृद्धिले जनाएको छ। 

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्ने ग्राहकले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को आनन्द लिन सक्नेछन्। 


प्रकाशित : शुक्रबार, असोज ११ २०८१११:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend