शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुमारी बैंकको दसैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा

शुक्रबार, असोज ११ २०८१
कुमारी बैंकको दसैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा

काठमाडौं- कुमारी बैंकले आउँदो विजया दशमीका अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दसैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ। 

घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका सेवाग्राहीहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको छ। 

यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।


प्रकाशित : शुक्रबार, असोज ११ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend