शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनएमबि बैंकद्वारा 'एनएमबि नेक्सटजेन बैंकिङ लिडर्स स्कलरसीप'को घोषणा

बिहीबार , असोज १० २०८१
एनएमबि बैंकद्वारा 'एनएमबि नेक्सटजेन बैंकिङ लिडर्स स्कलरसीप'को घोषणा

बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक-एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको जनाएको छ।

काठमाडौं- एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले  'एनएमबि नेक्टजेन बैंकिङ लिडर्स स्कलरसीप'को घोषणा गरेको छ।

बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक-एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको जनाएको छ।

विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ। यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो।

विद्यार्थीहरुलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य एनएमबि बैंकले लिएको छ।

एनएमबि बैंकले हाल देशभर २ सय १ शाखाहरु, १ सय ८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित : बिहीबार , असोज १० २०८११७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend