शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सीजी डिजिटलमा सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

images
बिहीबार , असोज १० २०८१
images
images
सीजी डिजिटलमा सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

images
images

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको छ।

images
images
images

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत सीजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (ईएमआई) मा परिणत गर्दा एक हजार रूपैयाँ बराबरको क्यासब्याकको व्यवस्था पनि गरेको छ। क्यासब्याक न्यूनतम ३० हजारको कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ।

images

ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बैंकले जनाएको छ।

images

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्। 


प्रकाशित : बिहीबार , असोज १० २०८११२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend