शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सीजी डिजिटलमा सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

बिहीबार , असोज १० २०८१
सीजी डिजिटलमा सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको छ।

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत सीजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (ईएमआई) मा परिणत गर्दा एक हजार रूपैयाँ बराबरको क्यासब्याकको व्यवस्था पनि गरेको छ। क्यासब्याक न्यूनतम ३० हजारको कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ।

ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बैंकले जनाएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्। 


प्रकाशित : बिहीबार , असोज १० २०८११२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend