शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्यमा कीर्तिमान, पाँचदिनमा ३ हजार ६ सयले बढ्यो

बिहीबार , असोज १० २०८१
सुनको मूल्यमा कीर्तिमान, पाँचदिनमा ३ हजार ६ सयले बढ्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ। यो साता लगातार उचाइतर्फ लागेको सुनको मूल्य बिहीबार तोलामा तीनसय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ६० हजार सातसय रूपैयाँ पुगेको छ।

साताभर रेकर्ड बनाइरहेको सुनको मूल्य पछिल्लो पाँच दिनमा ३ हजार ६ सय रूपैयाँले वृद्धि भएको छ। 

यो साता आइतबार सुनको मूल्य प्रतितोला एक हजार सातसय रूपैयाँले बढेको थियो भने सोमबार प्रतितोला चारसय, मंगलबार पाँचसय र बुधबार प्रतितोला सातसय रूपैयाँले वृद्धि हुँदै पाँचै कारोबारमा कीर्तिमानी मूल्यमा पुगेको थियो।

बुधबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ६० हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

चाँदीको मूल्य भने बिहीबार स्थिर रहेको छ। बुधबार प्रतितोला ४० रूपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , असोज १० २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend