शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेतालाई शिखर इन्स्योरेन्सको सम्मान

बुधबार, असोज ९ २०८१
काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेतालाई शिखर इन्स्योरेन्सको सम्मान

माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर सोमबार स्वदेश फर्किएको टोलीलाई शिखर इन्स्योरेन्सले सम्मान गरेको हो।

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ।

माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर सोमबार स्वदेश फर्किएको टोलीलाई शिखर इन्स्योरेन्सले सम्मान गरेको हो।

च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक, अफिसियललाई गरी १६ जनालाई जनही ५० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ। साथै सम्पूर्ण खेलाडीको २ लाख बराबरको हेल्थ इन्स्योरेन्ससमेत गरिदिने शिखर इन्स्योरेन्सले जनाएको छ।

च्याम्पियनसिपमा विधागत उत्कृष्ट भएवापत तीन खेलाडीलाई थप ५०-५० हजार प्रदान गरिएको थियो। उषा भण्डारी मोस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउटसाइड हिटर बनेकी थिइन्। उनले थप एक लाख पाइन्।

उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिबेरो शान्तिकला तामाङले थप ५०-५० हजार पाएका थिए। मुख्य प्रशिक्षक रुपेश विष्ट र सहायक प्रशिक्षक सुशीला थापाले पनि ५० हजारसहित सम्मान थापे।

च्याम्पियन खेलाडीलाई शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सीईओ दीपप्रकाश पाण्डेलगायतले सम्मान प्रदान गरेका थिए। सीईओ पाण्डेले यो सम्मानको सुरुवातमात्र भएको र यसले नेपाली भलिबललाई थोरै भए पनि सहयोग हुने विश्वास व्यक्त गरेका थिए।

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा अपराजित रहेको पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो।


प्रकाशित : बुधबार, असोज ९ २०८११७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend