शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

एनएमबि बैंकद्वारा पलेसा र प्रशिक्षक लामालाई नगद सम्मान

images
बुधबार, असोज ९ २०८१
images
images
एनएमबि बैंकद्वारा पलेसा र प्रशिक्षक लामालाई नगद सम्मान

बैंकले पलेसालाई नगद पुरस्कार ५ लाख १ हजार रूपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रूपैयाँ प्रदान गरेको हो।

images
images

काठमाडौं- एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई सम्मान गरेको छ।

images
images
images

उनको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले गोवर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रूपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रूपैयाँ प्रदान गरेको हो।

पलेसाको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेको बैंकले जनाएको छ।

images

पलेसाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोवर्धन र उनका प्रशिक्षकलाई सम्मानस्वरुप नगद हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

images

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखाहरु, १ सय ८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : बुधबार, असोज ९ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend