शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दिपलबारे पारस खड्का भन्छन्, ‘यति धेरै फिचरहरु भएको ईभी यति कम मूल्यमा, यो सेग्मेन्टमै छैन’

पारस बने दिपल इभीका ब्रान्ड एम्बेसेडर

मंगलबार, असोज ८ २०८१
दिपलबारे पारस खड्का भन्छन्, ‘यति धेरै फिचरहरु भएको ईभी यति कम मूल्यमा, यो सेग्मेन्टमै छैन’

नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सय वटाभन्दा बढी एस०७ डेलिभर गरिसकेको छ।

काठमाडौं- चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्वकप्तान पारस खड्कालाई दिपल ईभीको आधिकारिक ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ। 

काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिवसमेत रहेका खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको हो। 

कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल ईभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताए। ‘यति धेरै फिचरले भरिएको ईभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत् ईभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुसी छु।’

त्यसैगरी पारसलाई दिपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए। 

Deepal 1.jpg

केही महिनाअघि सार्वजनिक भएको दिपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ। नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सय वटाभन्दा बढी एस०७ डेलिभर गरिसकेको छ। 

यो फ्युचरिस्टिक ईभीमा जेस्चर कन्टङोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट डङाइभिङ मोड लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरले भरिएको दिपलले नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न सफल छ।


प्रकाशित : मंगलबार, असोज ८ २०८११९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend