शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डिलर नेटवर्क विस्तारलाई तीव्र गतिमा अगाडि बढाउँदै जीडब्लूएम नेपाल

मंगलबार, असोज ८ २०८१
डिलर नेटवर्क विस्तारलाई तीव्र गतिमा अगाडि बढाउँदै जीडब्लूएम नेपाल

साथै, निकट भविष्यमा नेपालमा ट्यांक ब्रान्डअन्तर्गत लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना कम्पनीको छ।

काठमाडौं- जीडब्लूएम नेपालले आफ्नो डिलर नेटवर्क विस्तारमा तीव्र गतिमा अघि बढिरहेको छ।

भीजी इम्पेक्स प्रालि नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता एवं वितरकले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवलजस्ता सहरहरूमा आधिकारिक डिलरसीप स्थापना गरिसकेको जनाएको छ।

जीडब्लूएम नेपालले आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा पनि आधिकारिक डिलरसीप स्थापना गरिसकेको छ।

यसका साथै यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर, र बिर्तामोडमा पनि डिलरसीप विस्तार गर्ने योजना बनाएको कम्पनीले जनाएको छ।

यी डिलरसीपहरूले जीडब्लूएम ब्रान्डको लोकप्रिय गाडीहरू जस्तै हवल एच सिक्स एसयूभी, हवल जोलिअन एसयूभी, पोअर डबल क्याब पिकअप, विंगल भाइभ पिकअप, रेट्रो-आधुनिक ओरा०३ इलेक्ट्रिक क्रसओभरको अनुभव गराउन मद्दत गर्ने कम्पनीले जनाएको छ।

निकट भविष्यमा जीडब्लूएमले पोखरामा पनि नयाँ डिलरसीप खोल्ने योजना बनाएको जानकारी दिएको छ। यो वर्षको अन्त्यसम्ममा अन्य प्रमुख सहरहरूमा थप दुईवटा डिलरसीपहरू थपिने कम्पनीको भनाइ छ।

ओरा०३ इलेक्ट्रिक क्रसओभर जुन रेट्रो-आधुनिक डिजाइन र प्रिमियम सुविधाहरूले सुसज्जित छ, एनक्याप र यूरो एनक्याप दुवैमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको कारण लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ।

जीडब्लूएम नेपालले हवल एच सिक्स, हवल जोलिअन, जीडब्लूएम पोअर पिकअप र विंगल फाइभ पिकअपजस्ता विश्वभर लोकप्रिय मोडेलहरू बिक्री गरिरहेको छ।

साथै, निकट भविष्यमा नेपालमा ट्यांक ब्रान्डअन्तर्गत लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना कम्पनीको छ।


प्रकाशित : मंगलबार, असोज ८ २०८११५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend