शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भृकुटीमण्डपमा जारी छ बजाजको ग्रान्ड कार्निभल, पुरानो मोटरसाइकलसँग नयाँ साट्नेदेखि १० तोला चाँदी जित्ने अवसर

मंगलबार, असोज ८ २०८१
भृकुटीमण्डपमा जारी छ बजाजको ग्रान्ड कार्निभल, पुरानो मोटरसाइकलसँग नयाँ साट्नेदेखि १० तोला चाँदी जित्ने अवसर

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाइक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन्।

काठमाडौं- नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम् बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ।

नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर बजाजले कार्निभलको आयोजना गरेको हो। यही असोज ७ देखि सुरु भएको कार्निभल १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी रहनेछ।

यस ग्रान्ड कार्निभलअन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन्।

साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्रमार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्ने कम्पनीले जनाएको छ।

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाइक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन्।

प्रकाशित : मंगलबार, असोज ८ २०८११३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend