शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा विशेष छुट

मंगलबार, असोज ८ २०८१
एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा विशेष छुट

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको जनाएको छ।

काठमाडौं- एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड (को-ब्रान्डेड कार्ड) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५ सय रूपैयाँसम्म दिने घोषणा गरेको छ।

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको जनाएको छ।

यो अफर छठसम्मको लागि लागु हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको भनाइ छ।

थप जानकारीका लागि बैंकको कल सेन्टर वा नजिकैको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, असोज ८ २०८११२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend