शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गोकर्णेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्न

मंगलबार, असोज ८ २०८१
गोकर्णेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्न

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकको छ।

काठमाडौं- यूसएड साझेदारीमा 'देशैभरि वर्षैभरि' उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले काठमाडौंको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ।

वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास बैंकले लिएको छ।

कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमूलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रसारणसमेत गरिरहेको जनाएको छ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकको छ।


प्रकाशित : मंगलबार, असोज ८ २०८११२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend