शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भिजा इन्टरनेशनलद्वारा प्रभु बैंक दुई विधामा सम्मानित

सोमबार, असोज ७ २०८१
भिजा इन्टरनेशनलद्वारा प्रभु बैंक दुई विधामा सम्मानित

'एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस' र 'एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन' गरी दुई विधामा सम्मानित भएको हो।

काठमाडौं- प्रभु बैंक लिमिटेड भिजा इन्टरनेशनलद्वारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत दुई विधामा सम्मानित भएको छ।

'एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस' र 'एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन' गरी दुई विधामा सम्मानित भएको हो।

बैंकका अनुसार भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टताबापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नवीनतम सुविधासहितको प्रभु भिसा बिजनेस डेबिट कार्डको पहिलो व्यावसायिक सेवा विस्तारसँग सम्बन्धित छ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रियरुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको माध्यम रहेको बैंकको दाबी छ। कर्पाेरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्छन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानी गर्छन्। 

प्रभु बैंकद्वारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भइ व्यवसाय प्रवर्द्धनमा थप सहजता तथा पारदर्शीतासमेत कायम रहने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय १५ शाखा कार्यालय, २ सय ८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८११७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend