शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ग्लोबल आईएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को विजेता

आइतबार, असोज ६ २०८१
ग्लोबल आईएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को विजेता

यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आईएमई बैंकको महिलातर्फको विजेता उपाधि लगातार दोस्रोपटक हो।

काठमाडौं- नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ। 

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए। उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिलातर्फका टोलीहरु सहभागी रहेका थिए।

अन्तरबैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ग्लोबल आईएमई बैंक विजेता हुनुका साथै पुरुष र महिलातर्फको उत्कृष्ट खेलाडी, पुरुषतर्फको सर्वाधिक गोलकर्ता र महिलातर्फको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ।

उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुषतर्फ ग्लोबल आईएमई बैंकले गरिमा विकास बैंक र महिलातर्फ ग्लोबल आईएमई बैंकले एनआईसी एसिया बैंकलाई हराएको हो। ग्लोबल आईएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

पुरुषतर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आईएमई बैंकका सशांक निरौलाले हात पारेका थिए। साथै, महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आईएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन्।

साथै, आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आईएमई बैंकको महिला टोलीको गोल रक्षक केशमाया गुरुङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत हात पारेकी छिन्।

अन्तरबैंक फुटसल २०८० मा महिलातर्फको उपाधि पनि ग्लोबल आईएमई बैंकले जितेको थियो। यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आईएमई बैंकको महिलातर्फको विजेता उपाधि लगातार दोस्रोपटक हो।


प्रकाशित : आइतबार, असोज ६ २०८११८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend