शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुमारी बैंक भिजा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

आइतबार, असोज ६ २०८१
कुमारी बैंक भिजा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

'एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्डस् बिजनेस' र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस' अवार्डबाट कुमारी बैंक सम्मानित भएको हो।

काठमाडौं- कुमारी बैंक लिमिटेड भिजा इन्टरनेसनलद्वारा आयोजित 'लिडरसीप कनक्लेभ नेपाल २०२४' मा दुई विधामा सम्मानित भएको बैंकले जनाएको छ। 

असोज ५ मा आयोजित उक्त कार्यक्रममा 'एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्डस् बिजनेस' र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस' अवार्डबाट कुमारी बैंक सम्मानित भएको हो।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत बैंकको प्रतिबद्धता छ।


प्रकाशित : आइतबार, असोज ६ २०८११८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend