शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

आइतबार, असोज ६ २०८१
एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेती कर्जा अब छिट्टै नै देशभर सुरु गर्ने तयारी गर्न लागिएको बैंकले जनाएको छ।

काठमाडौं- एनएमबि बैंक लिमिटेड, डीभी एक्सेलस प्रालि(खेती एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डीभी एक्सेलस प्रालिको तर्फबाट सह-संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन्।

एनएमबि बैंक र डीभी एक्सेलसबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई पूर्णरुपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भएबमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेकोमा बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई यस डिजिटल कर्जामार्फत उनीहरुलाई कर्जा लगानी सहज बनाउने छ।

साथै कृषकहरुको आर्थिक अवस्था वृद्धि गर्नको लागि तीनवटै संस्था मिलि वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरुलाई कर्जा कर्जाको लागि सहजीकरण गर्ने, ऋणीहरुलाई अन्य विभिन्न खालका परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयहरुमा सहमति भएको बैंकले जनाएको छ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको बताए। उनले आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीहरुलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरु, कृषि अधिकृतलगायतको उपस्थिति रहेको थियो।

अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेती कर्जा अब भने छिट्टै नै देशभर सुरु गर्ने तयारी गर्न लागिएको बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखा कार्यालय, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : आइतबार, असोज ६ २०८११८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend