शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान

आइतबार, असोज ६ २०८१
महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान

काठमाडौं- २१औँ संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको छ। 

तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ वि.स. २०५९ सालमा स्थापित यस पुरस्कार यसवर्ष मातृभूमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार अर्याललाई असोज ५ गते प्रदान गरिएको हो।

मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा यस बैकका बागमती प्रदेश 'ख' का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संयुक्तरुपमा प्रदान गरेका हुन्।

यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

महालक्ष्मी बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन्।


प्रकाशित : आइतबार, असोज ६ २०८११७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend