शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार सातसय रूपैयाँले उकालो लाग्दै कीर्तिमानी मूल्यमा पुग्यो सुन

आइतबार, असोज ६ २०८१
प्रतितोला एक हजार सातसय रूपैयाँले उकालो लाग्दै कीर्तिमानी मूल्यमा पुग्यो सुन

सुनको मूल्य आइतबार एक हजार सातसय रूपैयाँले बढ्दा चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला एक हजार सातसय रूपैयाँले उकालो लाग्दै कीर्तिमानी बिन्दुमा पुगेको छ। 

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार ८ सय रूपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च हो।

यसअघि गएको सोमबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५७ हजार ३ सय रूपैयाँ पुगेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

गएको शुक्रबारको तुलनामा चाँदीको मूल्य पनि आइतबार प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

आइतबार चाँदी प्रतितोला एक हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, असोज ६ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend