शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

साइमेक्सले पारा ओलम्पियन पलेसालाई दियो बीवाईडी डल्फिन उपहार

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ५ २०८१
साइमेक्सले पारा ओलम्पियन पलेसालाई दियो बीवाईडी डल्फिन उपहार

साइकेक्स इंकले हालै सम्पन्न पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई डल्फिन कार उपहार दिएको हो।

काठमाडौं- बीवाईडीको नेपालका लाथि आधिकारिक बिक्रेता साइमेक्स इंकले पारा ओलम्पियन पलेसा गोवर्धनलाई डल्फिन उपहार दिएको छ।

साइकेक्स इंकले हालै सम्पन्न पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई डल्फिन कार उपहार दिएको हो। 

साइमेक्सले बिहीबार साँझ पलेसालाई बीवाईडी डल्फिन विद्युतीय कार हस्तान्त्रण गरेको थियो। पारा ओलम्पिकमा पहिलोपटक नेपाललाई पदक दिलाएकी उनलाई डल्फिन उपहारस्वरुप दिइएको साइमेक्सको भनाइ छ। 

palesa dolphin1.jfif

तेक्वान्दो खेलमा पारा ओलम्पिकमा पहिलो पटक नेपाललाई पदक दिलाउन सफल पलेसालाई साइमेक्स इंकले ४१ लाख १५ हजार रुपैयाँ मूल्य पर्ने डल्फिन दिएको हो। खेलाडीलाई हौसला मिलोस र उनीहरुलाई मेहनत गरेर थप पदक जित्न उत्प्रेरित गरोस भनेर यस्तो इनिसिएसन लिएको साइमेक्सले जनाएको छ। 

कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, एमडी यमुना श्रेष्ठ र सीईओ साहिस श्रेष्ठलगायतको उपस्थिति थियो। 


प्रकाशित : शनिबार, असोज ५ २०८११३:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend