शनिबार, असोज ५ गते २०८१    
images
images

किसानको सहयोग र समर्थनमा लागि परेको हेफर इन्टरनेशनलद्वारा कमलामाईमा उपहार हस्तान्तरण

images
शनिबार, असोज ५ २०८१
images
images
किसानको सहयोग र समर्थनमा लागि परेको हेफर इन्टरनेशनलद्वारा कमलामाईमा उपहार हस्तान्तरण

नेपाल सरकारसँग मिलेर 'मिल्की वे' परियोजना सञ्चालन गर्दै आएको हेफर इन्टरनेशनलले नेपालको दुग्ध क्षेत्रलाई पूर्णरुपमा रुपान्तरण गरि आधुनिक बनाउने लक्ष्य लिएको छ।

images
images

काठमाडौं- किसानको सहयोग र समर्थनमा लागि परेको ८० वर्ष पूरा गरेको अवसरमा हेफर इन्टरनेशनलले कमलामाईमा उपहार हस्तान्तरण गरेको छ। नेपालको कृषि मन्त्रीहरु र हेफर इन्टरनेशनलको वरिष्ठ अधिकारीहरुको सहभागितामा 'पासिङ्ग अन द गिफ्ट' (उपहार हस्तान्तरण) कार्यक्रम सम्पन्न भएको छ।

images
images
images

हेफरले साना किसानहरुलाई समुदायमा भोकमरी र गरिबीको अन्त्य गर्न योगदान गर्दै आएको ८० वर्षे यात्रा पूरा गरेको सुखद् अवसरमा उपहार हस्तान्तरण गरिएको जनाएको छ।

नेपाल सरकारसँग मिलेर 'मिल्की वे' परियोजना सञ्चालन गर्दै आएको हेफर इन्टरनेशनलले नेपालको दुग्ध क्षेत्रलाई पूर्णरुपमा रुपान्तरण गरी आधुनिक बनाउने लक्ष्य लिएको छ। उक्त कार्यक्रमले साना किसानलाई फाइदा पुऱ्याउँदै दुग्ध उत्पादनको क्षमतासमेत अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

परियोजनाका लागि दक्षिण कोरिया सरकारले एकसय वटा होलिस्टिन प्रजातिको गाई र आठवटा साँढे उपहारस्वरुप प्रदान गरेको छ। जसले गुणस्तरीय दुध दिने गाईहरुको प्रजनन्मा महत्वपूर्ण योगदान पुर्‍याउने छ। दक्षिण कोरिया सरकार पनि यो परियोजनाको साझेदार हो।

images

यो कार्यक्रम सिन्धुलीको कमलामाई नगरपालिकामा आयोजना गरिएको थियो। जहाँ मिल्की वे परियोजनाका साझेदारहरुले एउटा 'मोडेल डेरी भिलेज' स्थापना गरेका छन्। त्यहाँका ५१ स्थानीय किसान परिवारलाई होलिस्टिन जातका गाईहरु पनि उपलब्ध गराइएको छ।

उक्त समारोहको क्रममा तीमध्ये धेरै किसानले आफनो पहिलोपटक जन्मेका बाछीहरु अरु किसान परिवारलाई हस्तान्तरण गरेर उपहारको महत्व र फाइदालाई व्यापक बनाएका छन्। समयसँगै, मिल्की वे परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुग्ने र जीवनस्तर सुधार गर्ने अपेक्षा लिएको छ।

उक्त विशेष कार्यक्रमको समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले भने, 'मिल्की वे कार्यक्रम अन्तर्राष्ट्रिय सहयोगको उत्कृष्ट उदाहरण हो जसले सकारात्मक परिवर्तन ल्याउन सक्छ। हामी यो पहलको हिस्सा हुन पाउँदा गर्व गर्छौँ, जसले हाम्रो दुग्ध किसानहरुको जीवन परिवर्तन गर्दैछ।'

कार्यक्रममा हेफर इन्टरनेशनलकी सीईओ सुरिता सन्दोशमले भनिन्, 'हामीले हेफर इन्टरनेशनलको ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा समुदायको शक्ति र उपहार हस्तान्तरणको गहिरो प्रभावलाई सम्झन्छौँ। कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि हो।'

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले भने, 'कोरियाली गाईहरूको आगमनसँगै हाम्रो नगरपालिकाको मासिक दूध उत्पादन गत वर्षको तुलनामा दोबरले बढेको छ, २७ हजार लिटरबाट ५५ हजार लिटर भएको छ।'


प्रकाशित : शनिबार, असोज ५ २०८११३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend