शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , असोज ३ २०८१
तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

यो साता आइतबार र सोमबार उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यमा मंगलबारयता निरन्तर गिरावट आएको हो।

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार तेस्रोदिन ओरालो लागेको छ। यो साता आइतबार र सोमबार उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यमा मंगलबारयता निरन्तर गिरावट आएको हो। 

मंगलबार र बुधबार दुईदिनमा ९ सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार तोलामा ८ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ५५ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन तोलामा तीनसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५६ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि केही दिनयता लगातार ओरालो लागिरहेको छ। बुधबारको तुलनामा बिहीबार प्रतितोला १० रूपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ८० रूपैयाँ कायम भएको छ।

 बुधबार चाँदी प्रतितोला १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , असोज ३ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend