शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

महालक्ष्मी विकास बैंक र मनकामनाबीच अन्तरदेशीय क्यूआर पेमेन्ट प्रवर्द्धनका लागि सहकार्य

images
बुधबार, असोज २ २०८१
images
images
महालक्ष्मी विकास बैंक र मनकामनाबीच अन्तरदेशीय क्यूआर पेमेन्ट प्रवर्द्धनका लागि सहकार्य

महालक्ष्मी विकास बैंकले देशभर रहेका आफ्ना १ सय ३ वटा शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई सेवासुविधा प्रदान गरिरहेको छ।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको प्रवर्द्धन गर्न सहकार्य भएको छ। असोज १ देखि एक कार्यक्रमका बिच उक्त सहकार्यको सुरुवात गरिएको बैंकले जनाएको छ।

images
images
images

यसअन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, यूपीआई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन्।

मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरुको पहिलो रोजाइको रुपमा रहेकोले डिजिटल भुक्तानीमा समेत उल्लेख्य रुपमा वृद्धि हुने विश्वास लिइएको छ। यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्‍याउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्‍याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

images

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि सम्झौता गरेको थियो। डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ।

images

महालक्ष्मी विकास बैंकको देशभर १ सय ३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन्। 


प्रकाशित : बुधबार, असोज २ २०८११४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend