शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

डिजिटल कन्सोलसहित नयाँ बजाज पल्सर एनएस २०० नेपाली बजारमा

images
बुधबार, असोज २ २०८१
images
images
डिजिटल कन्सोलसहित नयाँ बजाज पल्सर एनएस २०० नेपाली बजारमा

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ। यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ।

images
images

काठमाडौं- बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु गरेको छ। 

images
images
images

पहिले नै नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्णडिजिटल कन्सोलको साथमा आएको हो। 

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ। यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ। 

images

यसमा लागि ६-स्पीड गियरबक्स र नयाँ प्रणालीको एलईडी लाइटिङ रहेको छ। यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्णडिजिटल कन्सोल हो जसमा टर्न-बाई-टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स-टु-एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ। 

images

अपसाइड-डाउन फ्रन्ट फोर्क्स र डुअल-च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ। स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर-टु-वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले पल्सर एनएस २०० नयाँ प्रविधिसहित आएकाले धेरै युवाको रोजाइन पर्ने विश्वास व्यक्त गरे। उनले भने, 'हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौँ। एनएस २०० पहिले नै नेपाली राइडरहरुको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो। ग्राहकहरुको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएका हौँ।'

नयाँ बजाज पल्सर एनएस २०० को मूल्य ४ लाख ४४ हजार ९ सय रुपैयाँ तोकिएको छ। ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्नेछन्।


प्रकाशित : बुधबार, असोज २ २०८११४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend