शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर, यस्ता छन् सेवासुविधा

images
बुधबार, असोज २ २०८१
images
images
नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर, यस्ता छन् सेवासुविधा

यही अफरअन्तर्गत ७ सय ८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि 'संविधान दिवस अफर' उपलब्ध गराएको छ। आजदेखि सुरु भएको सो अफर असोज ४ सम्म लागु हुने टेलिकमले जनाएको छ।

images
images
images

यस अफरअन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

यसैगरी डाटा प्याकेजअन्तर्गत १ सय ११ रूपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रूपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रूपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रूपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ।

images

यही अफरअन्तर्गत ७ सय ८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ।

images

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ।

पोस्टपेड प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिकरुपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।

आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*६# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिने टेलिकमले जनाएको छ।


प्रकाशित : बुधबार, असोज २ २०८११३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend