शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार, असोज २ २०८१
प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य तोलामा तीनसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५६ हजार चारसय रूपैयाँ कायम छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। यो साता आइतबार र सोमबार लगातार दुईदिन उच्च मूल्यमा पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार र बुधबार भने घटेको हो।

बुधबार सुनको मूल्य तोलामा तीनसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५६ हजार चारसय रूपैयाँ कायम छ।

मंगलबार सुन प्रतितोला एक लाख ५६ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।

सोमबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५७ हजार ३ सय रूपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि लगातार दोस्रो दिन ओरालो लागेको छ। मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय ९० रूपैयाँ कायम छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, असोज २ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend