शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

images
बुधबार, असोज २ २०८१
images
images
प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य तोलामा तीनसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५६ हजार चारसय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। यो साता आइतबार र सोमबार लगातार दुईदिन उच्च मूल्यमा पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार र बुधबार भने घटेको हो।

images
images
images

बुधबार सुनको मूल्य तोलामा तीनसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५६ हजार चारसय रूपैयाँ कायम छ।

मंगलबार सुन प्रतितोला एक लाख ५६ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।

images

सोमबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५७ हजार ३ सय रूपैयाँ कायम थियो।

images

चाँदीको मूल्य पनि लगातार दोस्रो दिन ओरालो लागेको छ। मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय ९० रूपैयाँ कायम छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, असोज २ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend