शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

धनगढीका मेयर गोपाल हमालले किने स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी

मंगलबार, असोज १ २०८१
धनगढीका मेयर गोपाल हमालले किने स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी

आगामी दिनमा स्काइवेलका १ सय ५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम ईभीले नेपाली बजारमा सकारात्मक प्रभाव प्रदान गर्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ।

काठमाडौं- धनगढीका मेयर गोपाल हमालले स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी खरिद गरेका छन्। नाडामा बुकिङ गरेका हमाललाई जी मोटर्सले हालै स्काइवेलको ईभी एसयूभी हस्तान्तरण गरेको हो। 

नाडा अटोशो २०२४ मा जी मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारिको आधिकारिक बिक्रेताले १ सय २६ वटा स्काइवेल ईटी५-६२० किमि बुकिङ गरेको थियो। बुकिङ गर्ने मध्य धनगढी उप-महानगरपालिकाका स्वतन्त्र निर्वाचित मेयर गोपाल हमालले पनि थिए।

हमालको उक्त बुकिङलाई जी मोटर्सका एजीएम नवीन फुयाँल र सेल्स अफिसर शिरिष श्रेष्ठले धनगढी नै पुगेर नेपाल कै सर्वाधिक रेन्ज ६२० किमि दिने स्काइवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए।  

मेयर हमालले नाडा अटो शोमा उपलब्ध ईभीमा स्काइवेल कै प्रीमियम र लङ रेन्ज रोज्नुको कारण चाहिँ नेपालको बाटोमा १ सय ९७ एमएम ग्राउन्ड किल्यरेन्स भएको र सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभी मै प्राप्त तथा युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोजेको बताएका थिए।  

आगामी दिनमा स्काइवेलका १ सय ५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम ईभीले नेपाली बजारमा सकारात्मक प्रभाव प्रदान गर्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ। 

हाल नेपालमा ४० वटा भन्दा बढी स्काइवेलका ईटी ५-६२० किमि प्रिमियम विद्युतीय एसयूभी बिक्री भइसकेका छन् भने नाडामा १ सय २६ र त्यस पछिका बुकिङ गरेर १५० भन्दा बढी बुकिङ रहेको छ। ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्जमा उपलब्ध रहेका छन्।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सक्ने छन्। 

स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो। 


प्रकाशित : मंगलबार, असोज १ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend