शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आइसरले ल्यायो 'दशैँको हर्ष, आइसरको वर्ष' योजना

मंगलबार, असोज १ २०८१
आइसरले ल्यायो 'दशैँको हर्ष, आइसरको वर्ष' योजना

आजदेखि सुरु भएको यो अफरको लाभ ग्राहकले आइसरका देशभरका शोरुमबाट लिनसक्ने कम्पनीले जनाएको छ।

काठमाडौं- बतास एमएडब्लू, बतास मोरङ अटो वर्क्स कमर्सियल भेहिकल आइसरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै 'दशैँको हर्ष, आइसरको वर्ष' योजना ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स,२५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ।

यस्तै चालकहरूको लागि बीमा, गाडी सञ्चालकका लागि शून्य सेवा लागत, निर्माण कम्पनीका लागि टुर प्याकेज तथा शिक्षण संस्थाका लागि ल्यापटप, प्रोजेक्टरलगायतको व्यवस्था यस योजनामा समावेश छन्।

यो योजना असोज १ अर्थात आजदेखि देशभर लागु भएको कम्पनीले जनाएको छ। ग्राहकले आइसरका देशभरका शोरुमबाट यो अवसरको लाभ लिन सक्नेछन्।

आइसर बतास एमएडब्लूले आधिकारिक रूपमा आइसरका गाडीहरु बिक्री गर्दै आइरहेको छ। ग्राहकले आइसरका चार पांग्रेदेखि १६ पांग्रे ट्रकहरु तथा ५ टनदेखि २५ टन लोडिङ क्षमताका सवारीसाधन छनोट गर्न सक्नेछन्।


प्रकाशित : मंगलबार, असोज १ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend