शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रेकर्ड बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला ६ सयले घट्यो

मंगलबार, असोज १ २०८१
रेकर्ड बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला ६ सयले घट्यो

आइतबारको तुलनामा सोमबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले घटेको छ।

काठमाडौं- लगातार उकालो लाग्दै रेकर्ड बनाइरहेको सुनको मूल्य मंगलबार भने ओरालो लागेको छ।

गएको शुक्रबारयता लगातार कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार ओरालो लाग्दै प्रतितोला ६ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ५६ हजार ७ सय रूपैयाँ कायम भएको छ।

शुक्रबारको कीर्तिमानी बिन्दुबाट उकालो लाग्दै यो साता आइतबार सुन प्रतितोला ५ सयले बढेर १ लाख ५६ हजार ८ सय रूपैयाँ पुगेको थियो। सोमबार सुनको मूल्य तोलामा पाँचसय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ५७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार भने मूल्य घटेको हो।

आइतबारको तुलनामा सोमबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १० रूपैयाँले घटेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ९ सय १५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, असोज १ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend