शुक्रबार, असोज ४ गते २०८१    
images
images

सीएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर, बाइक र विद्युतीय स्कुटर किन्दा छुटैछुट

images
मंगलबार, असोज १ २०८१
images
images
सीएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर, बाइक र विद्युतीय स्कुटर किन्दा छुटैछुट

जिहो ब्रान्डको एई६ प्लस विद्युतीय स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ।

images
images

काठमाडौं- नेपालका लागि सीएफमोटो र जिहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्रान्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ।

images
images
images

दसैँ, तिहार तथा छठलगायतका विभिन्न पर्वहरुको अवसरमा ल्याइएको सो अफरअन्तर्गत दुवै ब्रान्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्नेछन्। 

सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ। त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने छ। 

जिहो ब्रान्डको एई६ प्लस विद्युतीय स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ। 

images

त्यसैगरी एई४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने छ। 

यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सिएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्नसमेत सकिने छ। यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ। 

यो अफर असोज १ देखि लागु भएको छ र आगामी कात्तिक २५ गतेसम्म उपलब्ध हुनेछ।

ऋषि ट्रेड सेन्टरका काठमाडौं उपत्यकामा रहेका नक्साल, झम्सिखेल र सल्लाघारी तथा उपत्यका बाहिर हेटौँडा र त्रिशुली बट्टारस्थित शोरुमबाट बाइक वा स्कुटर लिदा यो अफर प्राप्त गर्न सकिने छ। 


प्रकाशित : मंगलबार, असोज १ २०८११०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend