बिहीबार , असोज ३ गते २०८१    
images
images

काठमाडौंमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, ईभीप्रेमीको उत्साहजनक सहभागिता

images
सोमबार, भदौ ३१ २०८१
images
images
काठमाडौंमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, ईभीप्रेमीको उत्साहजनक सहभागिता

कानिर्भलको पहिलो दिनमै ग्राहकले रुचीका साथ कार्निभलमा सहभागिता जनाएका छन्। यो कार्यक्रममार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लू वृद्धिले लिएको छ।

images
images

काठमाडौं- एमएडब्लू वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल सुरु भएको छ। एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा एक्सचेन्ज कानिर्भलको सुरुवात गरेका हुन्। 

images
images
images

पहिलो दिनमा आफ्नो पुरानो गाडी साटेर दिपल ईभीमा अपग्रेड हुन चाहनेहरुको उल्लेख्य सहभागिता रहेको थियो। दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि-बजेट मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपल हट मोडेल दिपल एस०७ खरिद गर्न सक्ने छन्। 

साथै ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्नेछन् भने ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्लू वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरी पनि पाउनेछन्। 

कार्निभलको उद्घाटनमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले दिपलले आफ्नो डिजाइन, पर्फर्मेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए। ‘दिपलका ग्राहक दिपलदेखि सन्तुष्ट हुनुहुन्छ। हामी उहाँहरुको खुसीलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैनौँ,’ उनले भने।  

images

त्यसैगरी एमएडब्लू अटोकर्पका विवेक सिकारियाले ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट-टाइम-इन’ नेपाल ‘फिचर-लोडेड’ दिपलका ईभीहरुको वनरसिपलाई सहज बनाउन यो विशेष कार्यक्रमको आयोजना गरेको बताए।  

कानिर्भलको पहिलो दिनमै ग्राहकले रुचीका साथ कार्निभलमा सहभागिता जनाएका छन्। यो कार्यक्रममार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लू वृद्धिले लिएको छ।

नेपालमा दिपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री हुँदै आएको छ। यी ईभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली विद्युतीय सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ। 

दिपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन। 

सोमबारबाट सुरु भएको एक्सचेन्ज कार्निभल ३ असोज गते बिहीबारसम्म सञ्चालनमा रहनेछ।


प्रकाशित : सोमबार, भदौ ३१ २०८११८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend