शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लेमन ट्रि प्रिमियरमा मंसिर १५ सम्म एनआईसी एसिया बैंकका कार्ड प्रयोगकर्तालाई ३५ प्रतिशतसम्म छुट

सोमबार, भदौ ३१ २०८१
लेमन ट्रि प्रिमियरमा मंसिर १५ सम्म एनआईसी एसिया बैंकका कार्ड प्रयोगकर्तालाई ३५ प्रतिशतसम्म छुट

डेबिट तथा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाइ, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्।

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीलाई काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट दिलाउने गरी सम्झौता गरेको छ।

नजिकिँदै गरेका दशैँ, तिहार, छठजस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिजा डेबिट तथा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरुलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ।

यस समझदारीअनुसार डेबिट तथा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाइ, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्।

स्पा सेवामा डेबिट कार्ड र मास्टरकार्ड प्रयोगकर्ताले ३० प्रतिशत छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्ने पनि बैंकले जनाएको छ।

उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागु हुनेछ।

‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्नेछ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने बैंकले जनाएको छ। बैंकका अनुसार यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुनेछ। 


प्रकाशित : सोमबार, भदौ ३१ २०८११७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend