शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गण्डकी प्रदेशमा प्रभु बैंकको शैक्षिक केन्द्र स्थापना

सोमबार, भदौ ३१ २०८१
गण्डकी प्रदेशमा प्रभु बैंकको शैक्षिक केन्द्र स्थापना

काठमाडौं- प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशको पोखरामा शैक्षिक केन्द्र (एजुकेसन हब) स्थापना गरेको छ।

गण्डकी प्रदेश कार्यालयअन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरलरुपमा उपलब्ध गराउने उद्देश्यले शैक्षिक केन्द्र स्थापना गरिएको बैंकले जनाएको छ।

हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तिय लागत परिपूर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास बैंकको छ।

शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैंकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ। उक्त शैक्षिक केन्द्र गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द अधिकृत शान्ति शेरचनबाट भदौ २८ गते गरिएको बैंकले जनाएको छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय १५ शाखा कार्यालय, २ सय ८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ।


प्रकाशित : सोमबार, भदौ ३१ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend