शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लगातार उकालो लाग्दै सुनको मूल्यले सोमबार पनि बनायो रेकर्ड

सोमबार, भदौ ३१ २०८१
लगातार उकालो लाग्दै सुनको मूल्यले सोमबार पनि बनायो रेकर्ड

सोमबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले बढ्दा चाँदी पनि प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- लगातार उकालो लाग्दै रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार पनि बढेर कीर्तिमानी बिन्दुमा पुगेको छ।

सोमबार सुनको मूल्य तोलामा पाँचसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

गएको शुक्रबार सुनको मूल्य रेकर्ड बनाउँदै प्रतितोला १ लाख ५६ हजार ३ सय रूपैयाँ पुगेको थियो। शुक्रबारको कीर्तिमानी बिन्दुबाट उकालो लाग्दै यो साता आइतबार सुन प्रतितोला ५ सयले बढेर १ लाख ५६ हजार ८ सय रूपैयाँ पुगेको थियो।

चाँदीको मूल्य पनि लगातार वृद्धि भइरहेको छ। आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ९ सय १५ रूपैयाँ पुगेको छ। 

यो साता आइतबार चाँदी प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, भदौ ३१ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend