शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वीरगञ्जमा नयाँ शोरुमबाट पन्च ईभीको डेलिभरी सुरु

सोमबार, भदौ ३१ २०८१
वीरगञ्जमा नयाँ शोरुमबाट पन्च ईभीको डेलिभरी सुरु

टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा नाडा अटो शो २०२४ मा सार्वजनिक भएको थियो।

काठमाडौं- वीरगञ्जमा  सिप्रदी ट्रेडिङ प्रालिको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शोरुम सञ्चालनमा आएको छ। शोरुम उद्घाटनसँगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु भएको छ। 

साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको हो। सो कार्यक्रममा सिप्रदी ट्रेडिङका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीका साथै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले शोरुमको उद्घाटन गरेका थिए। 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ प्रालि वीरगञ्ज शाखाका प्रमुख सन्दिप गुप्तालगायतको उपस्थिति रहेको थियो। 

पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगञ्जमा सार्वजनिक गर्ने क्रममा नयाँ शोरुमको पनि उद्घाटन गरेको  प्राइम अटो ट्रेडर्सको निर्देशक सुबोध सापकोटाले जानकारी दिए। साथै सोहि कार्यक्रममा पन्च ईभी बुक गरेका ग्राहकहरुलाई डेलिभरी गरिएको उनको भनाइ छ।  

टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा नाडा अटो शो २०२४ मा सार्वजनिक भएको थियो। 

पन्च इर्भी ३३ लाख ९९ हजार रुपैयाँको भेरिएन्टमा यो भन्दा  दुई  सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्यागलगायत विशेषता छन्। 

त्यस्तै उक्त पन्च ईभीमा वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिने छ। पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम रहेको छ भने यो गाडी सुरक्षा परीक्षणमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो। 


प्रकाशित : सोमबार, भदौ ३१ २०८१०९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend