शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बीमा रकम भुक्तानी

आइतबार, भदौ ३० २०८१
कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बीमा रकम भुक्तानी

यस खातामा खातावालासहित परिवारका चारजना सदस्यहरुले २६ लाख रूपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।

भरतपुर निवासी खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएपश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमाबापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो।

उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ। सानिमा जीआईसी इन्स्योरेनसबाट बीमा दाबी रकम प्राप्त भएपश्चात कुमारी बैंक लिमिटेडमार्फत सो रकम भुक्तानी गरिएको थियो।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावालासहित परिवारका चारजना सदस्यहरुले २६ लाख रूपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ।

कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको जनाएको छ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईहरुमार्फत सेवा दिइरहेको जनाएको छ।


प्रकाशित : आइतबार, भदौ ३० २०८११५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend