बिहीबार , असोज ३ गते २०८१    
images
images

इटहरीको विद्युतीय बस सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी

images
शनिबार, भदौ २९ २०८१
images
images
इटहरीको विद्युतीय बस सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी

सवारीसाधनमा विज्ञापन गर्दा उपमहानगरपालिकाको अनुमति चाहिने, भाडादर उपमहानगरले निर्धारण गरेबमोजिम हुने उल्लेख छ।

images
images

इटहरी- इटहरी उपमहानगरपालिकाले ६ करोड ३६ लाख ८६ हजारमा खरिद गरेको चारवटा विद्युतीय बस असोज १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ। गाउँलाई बजारसम्म जोड्ने सेतुको रूपमा चल्न लागेको बस सञ्चालनको कार्यविधि बनाउनुभन्दा अगाडि खरिद भएको हो।

images
images
images

इटहरी उपमहानगरपालिकाले महँगोमा खरिद गरेको गाडी निजी क्षेत्रलाई ठेक्कामा दिने गरी कार्यविधिको मस्यौदा तयार पारेको छ। ‘इटहरी उपमहानगरपालिकाको नगर बस सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१’ मा निजी क्षेत्रलाई समावेश गर्ने प्रावधान राखिएको छ। कार्यविधिको मस्यौदा तयार पारेको उपमहानगरपालिकाले कार्यपालिकाबाट पारित गरेर कार्यान्वयन गर्ने तयारी गरेको हो। 

प्रस्तावित कार्यविधिको दफा ६ मा नगर बस सञ्चालन गर्ने व्यक्ति संस्था वा कम्पनीको दायित्व खुलाइएको छ। मस्यौदामा उल्लेख भएअनुसार उपमहानगरपालिकाले व्यक्ति, संस्था वा कम्पनीमार्फत पनि नगर बस सञ्चालन गर्न सक्ने प्रस्ट पारिएको छ। सञ्चालन गर्ने व्यक्ति, संस्था वा कम्पनीसँग हुने सम्झौताको सर्तसहित कार्यविधिमा उल्लेख गरिएको छ।

itahari ev2.jpg

images

चालक र सहचालकको पोसाकदेखि गाडीको मर्मतसम्भारको जिम्मा स्वयम् कम्पनीले लिनुपर्ने भएको छ। रुटअनुसारको चिह्न प्रयोग गर्नुपर्ने, गाडीभित्र उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण तथा डस्टबिनको व्यवस्था गर्नुपर्नेलगायत प्रावधान समेटिएको छ। सवारीसाधनमा विज्ञापन गर्दा उपमहानगरपालिकाको अनुमति चाहिने, भाडादर उपमहानगरले निर्धारण गरेबमोजिम हुने उल्लेख छ। 

दफा २२ को यात्रु बीमासम्बन्धी व्यवस्थाले निजीलाई दिने पूर्वतयारीलाई थप प्रस्ट पारेको छ। जसअनुसार सेवा प्रदायक संस्था वा कम्पनीले प्रत्येक यात्रुको प्रचलित कानूनले तोकेबमोजिम बीमा गर्नुपर्ने बताइएको छ। बस सञ्चालनको लागि उपमहानगरपालिकाले ४ जना चालक र ५ जना सहचालक नियुक्ति गरिसकेको छ।

itahari ev.jpg

उपमहानगरपालिकाले सर्वसाधारणलाई सार्वजनिक यातायातमा सहज पहुँचको लागि बस खरिद गरेको दाबी गरेको छ। रुट तय गर्न समिति बनाएको उपमहानगरले सोहीअनुसार अगाडि बढ्ने बताएको छ।

ग्राउन्ड क्लियरेन्स कम भएको कारण तत्काल कच्ची सडकमा गुडाउन नसकिने बताइएको छ। समितिले भदौ ३० सम्ममा छलफल गरेर रुट टुंगो लगाउने र ३१ गते उपमहानगरपालिकालाई प्रतिवेदन पेस गर्ने तयारी गरेको छ। 

उपमेयर संगीता कुमारी चौधरीले बस किनेको मात्र थाहा भएको तर सञ्चालनको तौरतरिकाबारे जानकारी नभएको प्रतिक्रिया दिएकी छन्। हालसम्म कार्यपालिका बैठकसमेत बस्न नसकेको बताउँदै उनले कार्यविधिको विषयमा जानकारी नभएको बताइन्।

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला


प्रकाशित : शनिबार, भदौ २९ २०८११३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend