शनिबार, साउन १२ गते २०८१    
images
images
images

बुद्ध एयरको संक्रमण रहित उडान

फेरि बढ्दैछ कोरोना त्रास, सुरक्षित उडानका लागि के तयारी छ बुद्ध एयरको?

images
बुधबार, पुस २८ २०७८
images
images
बुद्ध एयरको संक्रमण रहित उडान

जहाजभित्र प्रत्येक तीन मिनेटमा हावा सर्कुलेट हुने हुँदा उडानको क्रममा संक्रमण फैलिने सम्भावना न्यून रहेको उनको भनाइ छ। 

images

काठमाडौं- आजभन्दा ठीक दुई वर्षअघि अवस्था सामान्य थियो। चीन लगायतका देशमा कोरोना भाइरसको संक्रमण देखिएकाले वैज्ञानिकहरूले अध्ययन अनुसन्धान गरिरहेका थिए। प्रत्येक दिनजसो भाइरसका बारेमा नयाँ तथ्य तथा जानकारी आइरहेका थिए।

images
images

तर नेपालीलाई खासै छोएको थिएन। तर केही समयपछि नेपालमा पनि संक्रमितहरू देखिन थाले। संक्रमित देखिन थालेपछि संसारका धेरै देश त के भाइरसको उद्‍गमस्थल चीनलाई नै यसबारेमा थाहा थिएन। धेरैजसो देशले यात्रामा प्रतिबन्ध लगाउने, बजार पसल बन्द गर्ने तथा हिँडडुलमा रोक लगाउने काम गरिरहेका थिए। 

images

नेपाल सरकारले पनि विसं २०७६ सालको चैत ११ गतेदेखि नेपालमा पनि सरकारले यस्तै नियम ल्यायो। चैत ११ देखि लकडाउन लागू गरेपछि यात्रा पूर्णत: रोकियो। पहिलोपटक देखिएकाले जनमानसमा पनि कोभिडको त्रास त्यस्तै थियो। तर समय बढ्दै जाँदा विस्तारै गतिविधि खोल्न माग हुन थाल्यो। चैतदेखि बन्द भएको सडक तथा हवाई यातायात एकैपटक २०७७ सालको भदौ अन्तिमतिर आन्तरिक उडान सुरु गर्ने सरकारले तयारी गरिरहेको थियो। 

सडकभन्दा पहिला हवाई यातायात खोल्ने तयारी सरकारको थियो। तर कोरोना संक्रमणको दर उच्च नै रहेकाले कसरी यात्रा सुरक्षित बनाउने भनेर नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रोटोकल नै बनायो। यही प्रोटोकलअनुसार उडान सुरु भयो।

images

२०७७ सालमा कोरोना संक्रमणको उच्च बिन्दु नआउँदै उडान खुले। आवतजावत पनि बढ्न थाल्यो। २०७७ को अन्त्यसम्म उडान जारी नै रह्यो। फेरि कोरोना महामारीको दोस्रो भेरियन्ट आयो २०७८ को सुरुदेखि। अनि सरकारले फेरि २०७८ को वैशाख तेस्रो सातादेखि उडानमा रोक लगायो। वैशाखमा रोकिएको उडान फेरि असारमा खुल्यो। असारमा खुलेको उडान अहिले पनि जारी छ। 

अहिले फेरि कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएको छ। यसअघिका भेरियन्टको तुलनामा तीव्र फैलिने भनिएको यो भाइरस नेपालमा पनि देखिन थालेको मात्र होइन संक्रमित पनि बढिरहेका छन्। संक्रमण बढे पनि यसपटक मान्छेको आवागमन रोक्न नहुने व्यवसायी तथा सरोकारवालाहरूले प्रतिक्रिया दिएका छन्। 

संसारमा अन्तर्राष्ट्रिय नाका बन्द गरिए पनि आन्तरिक आवतजावतमै कतै नरोकिएको भन्दै उनीहरूले गतिविधि जारी राख्नुपर्ने धारणा राखेका छन्। तर उनीहरूले यसो भनिरहँदा संक्रमणबाट सुरक्षित हुनका लागि आवश्यक अनुशासनसहितको गतिविधि भने अवश्य हुनुपर्छ। 

यस्तो अनुशासन हुनुपर्ने सबैभन्दा पहिलो हो सार्वजनिक यातायात, यसमा सडक तथा हवाई दुवै पर्छन्। यसै सन्दर्भमा हामीले हवाई यातायातको सुरक्षा र भरपर्दो तयारीका बारेमा बुद्ध एयरको तयारी के छ भनेर बुझेका छौँ।

बुद्ध एयरको फ्लाइन्ट एटेन्डेन्स सुपरिटेन्डेन्ट(एफआईएस) सगुन तण्डुकरलाई हामीले सबैभन्दा पहिला नयाँ संक्रमण फैलिरहेको अवस्थामा उडान निरन्तर राख्नुका लागि कस्तो तयारी छ भनेर सोधेका थियौँ। 

sagun.png
सगुन तन्डुकार

यसअघि दुईपटक उडान बन्द गरिए पनि यो पालि भने उडान जारी राख्नुपर्ने उनको तर्क छ। 

‘पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो। जानकारी थिएन। यसमा अध्ययन भएको थिएन। हामीले यसअघि दुईपटक उडान बन्द पनि गरेका छौँ। तर अब त्यसरी हुँदैन। अब हामीसँग अनुभव पनि भएको छ। हामीसँग तथ्यांक पनि छ’ उनले भनिन्। 

यसअघि कोरोना संक्रमणको दर उच्च भएकै बेला उडान खोलिएको तर त्यसले संक्रमण विस्तारमा कुनै पनि भुमिका नदेखिएको तथ्यबाटै देखिएको उनको भनाइ छ। 

उडान तथा आवातजावतले संक्रमण फैलाउने कुनै पनि आधार अहिलेसम्म नभेटिएको र त्यसमा पनि हवाई यातायात सबैभन्दा सुरक्षित मानिएको उनको भनाइ छ। 

‘पहिलो कुरा त हवाई उडान सुरक्षित हुन्छ। हामीले अहिले पनि तोकिएका प्रोटोकल पालना गरिरहेका छौँ। प्रत्येक उडानपछि जहाजको डिसइन्फेक्सन भइरहेको छ। यात्रुलाई माक्स अनिवार्य गरिएको छ भने उडानका क्रममा अनावश्यक हिडडुलमा रोक लगाएका छौँ’ उनले भनिन्। 

जहाजको यात्राको क्रममा संक्रमण फैलिने सम्भावना धेरै न्यून हुने यसअघिकै तथ्यले पुष्टि भएको उनको भनाइ छ। नेपालकै अनुभव पनि यस्तो देखिएको उनले बताइन्। 

सुरक्षित उडानका लागि सबैभन्दा पहिला उडान दलका सदस्य स्वस्थ हुनुपर्ने उनको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार कुनै पनि सदस्य केही गरी संक्रमित भएमा दुईपटक नेगेटिभ भएपछिमात्र उडानमा जोडिन पाउने नियमन कडाइका साथ एयरलाइन्सले पालना गरेको उनले जानकारी दिइन्। 

बुद्धका सबै कर्मचारीले खोप लगाइसकेको, व्यक्तिगत रुपमै सचेत र सावधान रहन सबैलाई मानसिक रुपमै तयार पारिएको उनको भनाइ छ। अहिलेसम्म दुई वर्षको हाराहारिमा कूल १४ जनामात्र विमान परिचरिका संक्रमित भएको बुद्धले जनाएको छ। 

‘उडानको क्रममा संक्रमण फैलिँदैन भन्ने कुरा यसले पनि देखाउँछ। हामीले कोरोना संक्रमणको उच्च दर हुँदा पनि उडान गरिरहेकै थियौँ। यस्तोमा अहिलेसम्म हाम्रा १४ जनामात्र सदस्य बिरामी भएका थिए’  उनले भनिन्। 

उडान दलका सदस्यहरूका लागि मास्क स्यानिटाइजर, पीपीई अनिवार्य गरिएको छ। विश्वव्यापी मापदण्डअनुसार प्रत्येक चार घण्टामा मास्क फेर्ने गरिएको उनले जानकारी दिइन्। प्रत्येक पटक कुनै नयाँ वस्तु छोइँदा स्यानिटाइज गर्ने अहिले बानी भइसकेको उनको भनाइ छ। 

जहाजभित्र प्रत्येक तीन मिनेटमा हावा सर्कुलेट हुने हुँदा उडानको क्रममा संक्रमण फैलिने सम्भावना न्यून रहेको उनको भनाइ छ। 

‘हामीले सबैभन्दा पहिला प्रोटोकल आफै बनाएका थियौँ। त्यसपछि पनि सदस्यहरूलाई तालिम दिने, सिकाउने र अभ्यस्त गराएका छौँ। यसले गर्दा हाम्रो सुरक्षित उडान अहिलेसम्म चलिरहेको छ’ उनले भनिन्।

हाम्रो उडान संक्रमणरहित छ, यहाँ यात्रुहरूले ढुक्कका साथ बुद्ध एयरसँग उडान गर्नसक्नु हुन्छ। यात्रुहरूले पनि कोभिडविरुद्धको प्रोटोकलअनुसार सहयोग गर्न उत्तिकै अनिवार्य छ। 


प्रकाशित : बुधबार, पुस २८ २०७८०२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend