शुक्रबार, असोज ४ गते २०८१    
images
images

वाइडबडी सी-चेकका क्रममा सुरक्षामा गम्भीर खेलवाड भएको पुष्टि, आवश्यक पार्टपुर्जा नै जडान नहुँदा ९० जना यात्रुको लोड घटाएर जापान उड्दै

images
शुक्रबार, भदौ २८ २०८१
images
images
वाइडबडी सी-चेकका क्रममा सुरक्षामा गम्भीर खेलवाड भएको पुष्टि, आवश्यक पार्टपुर्जा नै जडान नहुँदा ९० जना यात्रुको लोड घटाएर जापान उड्दै
images
images

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी कल साइन नाइन एन एलवाई जहाज सी-चेकका क्रममा सुरक्षा माथि गम्भीर लापबाही भएको तथ्य खुल्न आएको छ।

images
images
images

बिहीबार बिहान इटालीबाट सी-चेकको काम सम्पन्न भएको भन्दै नेपाल ल्याइएको जहाजमा गम्भीर लापरबाही भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टीमले फेला पारेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मन्त्री तथा सरोकारवाला निकायले ३० दिनमा सी-चेक सम्पन गर्नेगरी जहाज इटाली पठाएकोमा समममा नै नआएपछि निगम नेतृत्वलाई बारम्बार स्पष्टीकरण सोध्ने काम भएको थियो।

जहाज आउन ढिला भएर पद नै धरापमा परेपछि निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले हतार र दबाबमा जहाज नेपाल ल्याएको समेत पुष्टी भएको छ। जहाज सी-चेकको काम सम्पन्न भएपछि जहाजको उडान क्षमता तथा आवश्यक पार्ट पुर्जाजडान भएन नभएको परीक्षण नै नगरी जहाज नेपाल ल्याएको प्राधिकरणको परीक्षणबाट पुष्टी भएको हो।

images

जहाज सी-चेक सम्पन्न भएपछि सीएफए (सर्टिफिकेट अफ एयर वर्दिनेस)को परीक्षण नै नगरी जहाज नेपाल ल्याइएको फेला परेको छ। प्राधिकरण स्रोतका अनुसार जहाज नेपाल ल्याउँदा ८ वटासम्म आवश्यक पार्टपुर्जा नै नभएको फेला परेको थियो। त्यस मध्ये २ वटा बाहेक अन्य पार्टपुर्जा राख्ने काम भएपछि प्राधिरकणले जहाललाई पूर्णक्षमतामा उडान गर्ने नदिएको हो। 

प्राधिकरण स्रोतका अनुसार ९० जनाको लोड क्षमत घटाएपछि मात्रै जहाज उडानका लागि रिलिज भएको छ। ९० जना कम यात्रु बोक्ने गरी आज नै जहाज जापानको नारिता उडान गर्दै छ। यो जहाजको पूर्णक्षमता २ सय ७४ जना रहेको छ।

यसबाट के पुष्टी भएको छ भने जहाज सी-चेकमा गम्भीर लापरबाही भएको छ। जहाज निर्मात कम्पनीको नियमअनुसार मात्रै प्राधिकरणले आजको जापन उडानका लागि लोड क्षमता घटाएर उडानका लागि अनुमति दिएको हो।

जापान उडानमा गएर नेपाल फर्केपछि छुटेका पार्ट नजोडी जहाज उडानमा जान पाउने छैन। जहाजमा आपत्कालिन अवतरणका लागि आवश्यक पार्टपुर्जा नै जडान भएको छैन।

प्राधिकरण स्रोतका अनुसार निमगले सी-चेकको सम्पूर्ण प्याकेजको काम नै नगरी दबाब थेग्नकै लागि सुरक्षा माथि गम्भीर लापबारही गर्दै जहाज हतार हतारमा नेपाल ल्याएको हो। जहाज सी-चेकका लैजादा नै हतार हतारमा  प्राधिरकणबाट अनुमति नलिइ इटाली लगिएको थियो।

३० दिनमा जहाज मर्मत गरेर नेपाल ल्याउने सर्त भए पनि ८२ दिनमा  मात्रै जहाज नेपाल ल्याइको थियो। जहाज २२ जुनमा इटाली लगिएको थियो।


प्रकाशित : शुक्रबार, भदौ २८ २०८१२१:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend