शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भदौ २९ र ३० गते केई ईभीको टेष्ट ड्राइभ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २८ २०८१
भदौ २९ र ३० गते केई ईभीको टेष्ट ड्राइभ

इच्छुक उपभोक्ताले केईको शोरुम गइ यस योजनामा सहभागी भइ टेस्ट ड्राइभ गर्न सकिने जनाइएको छ।

काठमाडौं- नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले एक्सपेरियन्स केई टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ। टेष्ट ड्राइभ भदौ २९ र ३० गते आयोजना हुने कम्पनीले जनाएको छ। 

भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्शालमा गइ केईको विद्युतीय एसयूभी एक्सथ्री प्रो ईभी, विद्युतीय ह्याचब्याक ई क्युट फोर र ई क्युट टू टेष्ट ड्राइभ गर्न सकिने छ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको जनाइएको छ। सहभागीहरुमध्ये एकजना सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको मिक्सर ग्रान्डर प्राप्त गर्नेछन्। 

इच्छुक उपोक्ताले केईको शोरुम गइ यस योजनामा सहभागी भइ टेस्ट ड्राइभ गर्न सकिने जनाइएको छ। यस कार्यक्रमको विस्तृत जानकारी को लागि ९८०१२०११०३ मा सम्पर्क गर्नु सकिने लक्ष्मी ई मोबिलिटीले जनाएको छ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनअन्तर्गत बिक्री वितरण गरिएको केई चिनियाँ ब्रान्ड हो जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो। तत्पश्चात कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ। 

हालैमात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस काठमाडौं स्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ।


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend