शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आउँदो सोमबारबाट काठमाडौंमा दिपल एक्सचेन्ज कानिर्भल गर्दै, दिपल एस०७ प्रि-बजेट प्राइसमा

नेपालका टप ६ रिकन्डिसन हाउसबाट पुरानो गाडीको ‘बेस्ट भ्यालुएसन’

शुक्रबार, भदौ २८ २०८१
आउँदो सोमबारबाट काठमाडौंमा दिपल एक्सचेन्ज कानिर्भल गर्दै, दिपल एस०७ प्रि-बजेट प्राइसमा

यसबाहेक एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाउने छन् जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउने छन्

काठमाडौं- नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आगामी ३१ भदौदेखि ३ असोजसम्म काठमाडौं गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल गर्ने भएको छ। 

यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट-टाइम-इन’ नेपाल ‘फिचर-लोडेड’ दिपलका ईभीहरु खरिद गर्न सक्ने छन्। 

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि-बजेट मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको निकै रुचाइएको प्रिमियम ईभी एस०७ खरिद गर्न सकिने छ। यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने छन्। साथै उनीहरुले थप एक्सचेन्ज बोनस पाउने र दिपल यात्रालाई थप सहज बनाउने अपेक्षा एमएडब्लू वृद्धिले लिएको छ। 

यसबाहेक एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाउने छन् जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउने छन्। 

किन दिपलका ईभी किन्ने?

नेपालमा एमएडब्लू वृद्धिले दिपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ। यी ईभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली विद्युतीय सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ। 

पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस०७लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो। दिपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल विशेषताहरु छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन। 

एमएडब्लू वृद्धिले दिपल एक्सचेन्ज कानिर्भलमा फ्युचरिस्टिक दिपल ईभीमा अपग्रेड गर्न सबै ईभीप्रेमीलाई आमन्त्रणसमेत गरेको छ। 


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend