शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

बिहीबार , भदौ २७ २०८१
भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय १५ शाखा कार्यालयमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको मध्यबानेश्वरमा रहेको भेनस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवासुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाइग्नोष्टिकअन्तर्गतका सेवाहरुमा ७ प्रतिशतदेखख १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन्।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय १५ शाखा कार्यालयहरु, २ सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ २७ २०८११५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend