शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता

बिहीबार , भदौ २७ २०८१
महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता

यस सहकार्यबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास बैंकको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनीतिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौताअनुसार कृषि, कृषि आपूर्ति, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकूलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एकापसमा साझेदरी गर्ने सम्बन्धमा सहमति भएको बैंकले जनाएको छ।

यसअन्तर्गत अध्यान्ता फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमहरुको वित्तीय लगानी, बजार विस्तार, व्यावसायिक विकास, वित्तीय व्यवस्थापन, व्यवसाय रणनीतिको निर्माण, अनुपालना तथा सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग गर्नेछ।

महालक्ष्मी बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको नीतिबमोजिम साना तथा मझौला उद्यमहरुको पुँजीको पहुँचलाई सहज बनाउन वित्तीय सेवा, प्रतितपत्र, विदेशी विनिमय व्यवस्थापनजस्ता सेवाहरु प्रदान गर्ने जनाएको छ।

यस सहकार्यबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास बैंकको छ।

बैंकले देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ २७ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend