शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको लगातार वृद्धि

बिहीबार , भदौ २७ २०८१
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको लगातार वृद्धि

बिहीबारका लागि नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार तीनसय रूपैयाँ तोकिएको छ।

काठमाडौं- सुनको मूल्य उच्च बिन्दुबाट ओरालो लागेको छ। यो साता बुधबार प्रतितोला एक हजार रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार प्रतितोला एकसय रूपैयाँले घटेको हो।

बिहीबारका लागि नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार तीनसय रूपैयाँ तोकिएको छ।

बुधबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ५३ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार बढेको चाँदीको मूल्य भने बिहीबार पनि उकालै लागेको छ। 

सोमबार र मंगलबार दुई दिनमा प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार तोलामा १५ रूपैयाँले ‍बढेको थियो।

बिहीबार पनि तोलामा १५ रूपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ९५ रूपैयाँ पुगेको छ।

बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ८० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , भदौ २७ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend