शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलद्वारा कपिलवस्तु ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २६ २०८१
सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलद्वारा कपिलवस्तु ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं- एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत गतहप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका वडा. नं ४ ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। यस शिविरमा ३ सयभन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए। बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरूले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरू पनि पाएका थिए। 

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरूका साथ समस्यासँग जुध्न मद्दत गर्दछ। एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो।

यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ। 

'एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्ध रहेका छौँ। यसै अनुरुप हामीहरूले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै विभिन्न सामाविक विकासका कार्यहरू गर्दै आएका छौँ। हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ,' एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्। 

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ। कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औँ वर्षको लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत सातै प्रदेशमा विकास कार्यहरू कार्यन्वयन भइरहेका छन्। यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ। 

एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ।

साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अन्तर्गत अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्ब भन्दा बढी राजस्व तिरिसकेको जनाएको छ।


प्रकाशित : बुधबार, भदौ २६ २०८११८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend