शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सानिमा बैंकका ग्राहकलाई दुषित प्रिन्सेस काठमाडौंमा विशेष छुट

बुधबार, भदौ २६ २०८१
सानिमा बैंकका ग्राहकलाई दुषित प्रिन्सेस काठमाडौंमा विशेष छुट

ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बैंकले जनाएको छ।

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकलाई दुषित प्रिन्सेस काठमाडौंमा छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पूर्ण खानालगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १ सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन्।


प्रकाशित : बुधबार, भदौ २६ २०८११६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend