शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

बुधबार, भदौ २६ २०८१
प्रतितोला एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुग्दा चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- प्रतितोला एक हजार रूपैयाँले बढेर बुधबार नेपाली बजारमा सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

यो साता आइतबार प्रतितोला एक हजार दुईसय रूपैयाँले घटेर सोमबार र मंगलबार सामान्य वृद्धि भएको सुनको मूल्य बुधबार पनि उकालो लाग्दै प्रतितोला एक लाख ५३ हजार चारसय रूपैयाँ पुगेको छ।

यसअघि गएको शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५३ हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो। यो साता बुधबार पुन: सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

चाँदीको मूल्य पनि लगातार वृद्धि भइरहेको छ। सोमबार र मंगलबार दुई दिनमा प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ८० रूपैयाँ कायम भएको छ।

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ६५ रूपैयाँ तोकिएको थियो।


प्रकाशित : बुधबार, भदौ २६ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend