शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

मंगलबार, भदौ २५ २०८१
लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जनाएको छ।

काठमाडौं- नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा पुर्‍याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा रहेको छ। हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अुनसार सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेकजाँच गर्ने उपकरण जस्तै: हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टरजस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ। सेन्टरमा सबै प्राविधिकहरु ईभी सर्टिफाइड दक्षता हासिल गरेका कम्पनीको भनाइ छ।

सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ठ पार्किङ सुविधा र ६ वटा गाडी एकैसाथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस वेहरु जडान गरिएको समेत कम्पनीले जनाएको छ।

ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकको सहजता र सहुलियतताको लागि सो स्टेसन सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।


प्रकाशित : मंगलबार, भदौ २५ २०८११६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend