शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

मंगलबार, भदौ २५ २०८१
ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

छुट सुविधाका लागि बैंकका ग्राहकले डेबिट-क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लु क्रस हस्पिटलको सेवासुविधामा विशेष छुट मिल्नेगरी बैंकले सम्झौता गरेको छ।

एक समारोहका बिच ब्लु क्रस हस्पिटलको तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्रबाबु विष्टले समझदारीमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारले उक्त हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय १५ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ २५ २०८११४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend