शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुमारी बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट

मंगलबार, भदौ २५ २०८१
कुमारी बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट

बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। 

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले दुषित थानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पुल, ज्याकूजी, स्टिम तथा सोनामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्नसक्ने बैंकको विश्वास छ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकको प्रतिबद्धता छ।


प्रकाशित : मंगलबार, भदौ २५ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend