शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, भदौ २५ २०८१
प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार तोलामा पाँच रूपैयाँले बढेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- सोमबार सामान्य बढेको सुनचाँदीको मूल्य मंगलबार पनि उकालो लागेको छ।

मंगलबार तोलामा दुईसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार चारसय रूपैयाँ कायम छ।

यो साता आइतबार प्रतितोला एक हजार दुईसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार एकसय रूपैयाँले बढेको थियो।

सोमबार तोलामा पाँच रूपैयाँले बढेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ६५ रूपैयाँ तोकिएको छ।

प्रकाशित : मंगलबार, भदौ २५ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend